राससको ६३ औँ वार्षिकोत्सव
सहज र आधुनिक माध्यमबाट सूचना प्रदान गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गरेका छन् ।
राससको ६३ औं वार्षिकोत्सवका उपलक्ष्यमा शुभकामना दिँदै प्रधानमन्त्रीले सूचना–प्रविधिभन्दा बाहिर त्यस्तो कुनै विषय र मुद्दा नभएकाले राससले आफ्नो अस्तित्व अलगरूपमा कायम गर्न सकोस् भनी शुभकामना दिए ।
“आजको युग विज्ञान प्रविधि र त्यसमा पनि मुख्यतः सूचना प्रविधिको युग हो । पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकास यति तीव्रतामा भएको छ कि सिङ्गो विश्वले यसलाई चौंथो औद्योगिक क्रान्तिका रूपमा संश्लेषण गरिसकेको छ ।’’, सन्देशमा भनिएको छ, “सूचना प्रविधिको तीव्र र दूत विकासले सञ्चार जगतलाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई प्रभावित गरिरहेको छ । २१ औं शताब्दीको आजको दुनियाँमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य विषयसमेत बनिसकेको छ ।
विश्वमा सूचना र प्रविधिको दूत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा हामीले पनि हाम्रा सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्छ ।’’
सन्देशमा प्रधानमन्त्रीले राससले आफ्नो स्थापनादेखि नै नेपाली र अंग्रेजी भाषामा स्वदेशी र विदेशी समाचार तथा तस्बिरहरू उपलब्ध गराउँदै आएको र पछिल्लो समय श्रव्यदृश्य सेवा प्रभावकारी तुल्याएकामा आभार प्रकट गर्दै राससको संस्थागत हित र विकासका पक्षमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र अभिभावकत्व रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया