तनहुँ जीप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो (नामावली)

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनाको मृतकका पहिचान खुलेको छ ।
मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।
बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आज विहान दुर्घटना भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जीप खस्दा दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ । दुर्घटनामा आँबुखैरेनी गाउँपालिका–६ प्यूघरका १५ वर्षीया सुविना गुरुङ, सोही ठाउँका ६७ वर्षीय मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, छ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका–३ सुखौरा बस्ने १० वर्षीय शिशिर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी आँबुखैरेनी –६ छापस्वाँराका ५६ वर्षीय सोमलाल गुरुङ, प्युघरफाँट बस्ने ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आसमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, आँबुखैरेनी–१ गिरौनचौर बस्ने जीपचालक ३८ वर्षीय राजकुमार विश्वकर्मा, आँबुखैरेनी–६ छापस्वाँराका ३६ वर्षीया चिजकुमारी गुरुङ, १८ महिने सुसान गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ घाइते भएका छन्।
उनीहरूको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

















निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया