प्रजातन्त्र दिवसमा नेपाल टेलिकमको अफर

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहिदहरुको सम्मानार्थ सहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।
सो अफर ६ फागुनदेखि १२ फागुन २०८० सम्म लागु हुनेछ ।
कम्पनीकाअनुसार साविक बमोजमको फ्रि रिसाेर्सेस अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसाेर्स चलाउन मिल्ने सिमकार्ड सहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।
त्यसैगरी एफटीटीएच अन्तर्गत वार्षिक ५० एमबीपीएसको वान टाइम प्याकेज र कम्बाे वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आगामी फागुन १२ गतेसम्म मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिने छ ।
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया