कांग्रेस पदाधिकारी बैठक चल्दाचल्दै बालुवाटार पुगे देउवा र खड्का
मेरोन्यूज
२०८० फागुन ७ गते २१:३३

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार गएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन्।
उनीहरू बालुवाटारमा करिब आधा घण्टा बसेर फर्किएको कांग्रेस स्रोतले जनाएको छ । तर, बालुवाटार भेटबारे उनीहरूले ब्रिफिङ गरेका छैनन् ।
कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले चुनावी गठबन्धन गर्न नहुने प्रस्ताव ल्याएका छन् । तर, सभापति देउवालाई थापाको प्रस्ताव चित्त बुझेको छैन । उनले चुनावताका नै निर्णय हुने भएकाले अहिले नै महासमितिबाट निर्णय गर्न आवश्यक नभएको तर्क गरिरहेका छन् ।
स्रोतका अनुसार देउवा र खड्काले महामन्त्री थापाको प्रस्तावमा रहेको गठबन्धन सम्बन्धी कुरामा प्रधानमन्त्रीसँग कुरा गरेका छन्।
सम्बन्धित















11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया