लिपिङ खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

चौतारा । १६ दशमलव २६ मेगावाट क्षमताको लिपिङखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजनाको सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको काम ८५ प्रतिशत सकिएको हो ।
निर्माण सुरु भएको दुई वर्षभित्र नै काम अन्तिम चरणमा पुगेको आयोजनाका कार्यकारी निर्देशक सुदीपकुमार चौधरीले जानकारी दिए। उनका अनुसार यही गतिमा आयोजनाको निर्माण भइरहेमा आगामी २०८१ जेठ महिनाभित्र उत्पादन सुरु हुनेछ । भोटेकोशीबासी र स्थानीयबासीले यसरी नै साथ दिए तोकिएको समयमा उत्पादन हुने देखिएको छ ।
रु तीन अर्ब ४० करोडभन्दा बढी लागतमा निर्माण भइरहेको आयोजनाको प्रसारण लाइनको काम पनि आउने वैशाखभित्र सक्ने लक्ष्य लिएइएको छ । कार्यकारी निर्देशक चौधरीका अनुसार नयाँ वर्षदेखि नै जिल्लाबाट १६ दशमलव २६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । हिउँद महिनामा ३० प्रतिशत विद्युत् उत्पादन घट्न सक्ने सो आयोजनाको अनुमान छ ।
लिपिङ खोलाबाट उत्पादन भएको विद्युत् भोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएर बाह्रबिसे नगरपालिका–४स्थित बेतेमा निर्माणाधीन सब स्टेसनमा पु¥याइने छ ।















रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
एमालेले आयोगमा बुझायो समानुपातिक सांसदको सूची
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया