शुक्रबार, माघ २, २०८२

शनिबार यस्ताे छ विदेशी मुद्राको विनियमदर

मेरोन्यूज २०८० फागुन १२ गते ८:२३

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ४० र बिक्रीदर १४४ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २० पैसा र बिक्रीदर ४३२ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ७९ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८४ पैसा निर्धारण भएको राष्ट्र बैंकले जनाएकाे छ ।

प्रतिक्रिया