सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता
मेरोन्यूज
२०८० फागुन १९ गते ८:४६

काठमाडौँ । न्यायको माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका मिटरब्याज र लघुबित्त पीडितसँग आज पनि सरकारले वार्ता गर्दैछ। सरकारले शुक्रबार पनि उनीहरुसँग वार्ता गरेको थियो।
शुक्रबारको वार्ता सकारात्मक भएकोले आज सहमति जुट्ने सम्भावना रहेको मिटरब्याज पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले बताए। आज वार्ता हुने भनिए पनि समय भने निश्चित भइसकेको छैन।
सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ ।
अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।
सम्बन्धित









यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया