प्रचण्ड नेतृत्वको सरकारमा आउन अन्य दललाई एमालेको आग्रह
मेरोन्यूज
२०८० फागुन २५ गते १२:०९

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन अरु दलहरुलाई पनि आग्रह गरेको छ ।
केन्द्रीय कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले पाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताका निराशालाई आशामा बदल्नुपर्ने र मुलुकको हित र स्वाधिनताको रक्षा गर्नुपर्ने भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन गरिएको भन्दै सरकारलाई साथ र समर्थनका लागि अरु दललाई अनुरोध गरेको बताए ।
उनले यो सत्ता सहकार्य मुलुकको स्वाधिनता, विकास र समृद्धिको पक्षमा फलदायी हुने विश्वास राखेको पनि बताए ।
सम्बन्धित















‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया