शुक्रबार, वैशाख ४, २०८३

महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्न सबै क्षेत्रको निरन्तर सहयोग आवश्यक : राष्ट्रपति पौडेल

मेरोन्यूज २०८० फागुन २५ गते १५:२८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन हुनेगरी नीति, योजना र कार्यक्रम तय गरी लागू गर्ने विश्वास व्यक्त गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो विश्वास व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म समृद्ध राष्ट्र निर्माणको गन्तव्यमा पुग्न नसकिने भएकाले पनि उनीहरुको उत्थानका लागि सबै तहका सरकारले आवश्यक नीति, योजना तथा कार्यक्रम तय गरी लागू गर्नुपर्ने स्पष्ट पारे ।

जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक लगायत विकासका विभिन्न आयाममा समान र अर्थपूर्ण सहभागिताविना आर्थिक सशक्तीकरणका राष्ट्रिय आकांक्षा पूरा हुन असम्भवप्रायः देखिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले महिला विकासका क्षेत्रमा लगानी अभिवृद्धि गर्नका लागि सबै क्षेत्रको निरन्तर सहयोग हुन अत्यावश्यक रहेको समेत बताए । उनले सभ्य र समुन्नत समाज निर्माणमार्फत लंैगिक समानतायुक्त राष्ट्र निर्माणको दीर्घकालीन सोच प्राप्तिका लागि पनि महिला विकासको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले महिलाहरुले बढी श्रम गर्ने भएको उल्लेख गर्दै उनीहरुको श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न पनि सबैमा अपिल गरे ।

प्रतिक्रिया