शुक्रबार, वैशाख ४, २०८३

राष्ट्रपति पौडेलले गरे पशुपतिमा पूजाअर्चना

मेरोन्यूज २०८० फागुन २५ गते १८:२८

काठमाडौँ । महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गरेका छन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्ले, कोषका सदस्यसचिव राजुकुमार खत्री, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, स्थानीय नियकायका प्रमुख तथा प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायत कर्मचारीले स्वागत गरेका थिए ।

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्राध्यक्षद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ । पाशुपत क्षेत्रमा अहिले पनि हजाराँै भक्तजन दर्शनका लागि लामबद्ध भएका छन् । आज बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला राखेर भक्तजनलाई सहज दर्शनको व्यवस्था गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारिले जानकारी दिए । हालसम्म चार लाख ३० हजार भक्तजनले पशुपतिनाथको दर्शन गरेका कोषले जनाएको छ ।

महाशिवरात्रि मेलालाई व्यवस्थित गर्न चार हजार सुरक्षाकर्मी र चार हजार हाराहारी स्वयंसेवक खटाइएका छन् ।

प्रतिक्रिया