शुक्रबार, वैशाख ४, २०८३

घर घरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा कांग्रेस लाग्दैन : महामन्त्री शर्मा

मेरोन्यूज २०८० फागुन २६ गते १६:२९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्‍याउनेतर्फ नलाग्ने उनको भनाइ छ ।

“…कसको कसको घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दाको क्रममा कांग्रेस नलागोस् भन्ने कुरा भन्नुपर्छ । कसको घरमा देउसी खेल्न गएको, विभिन्न दलहरूसँग गएको कुरा आउँछ,” उनले भने, “धार्नी पुर्‍याउनेतर्फ लागौँ भन्ने पनि आउँछ । धोका खानेजति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुन्छ, त्यसका लागि अहिले हतार गर्न जरुरी छैन ।” उनले कांग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिने बताए ।

प्रतिक्रिया