शुक्रबार, वैशाख ४, २०८३

फागुन ३० गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको तयारी

मेरोन्यूज २०८० फागुन २६ गते १८:१३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन दलहरूबिच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारीबारे जानकारी गराएको एक नेताले जानकारी दिएका हुन् ।

संसदको आगामी बैठक फागुन ३० गतेका लागि बोलाइएको छ।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग मिलेर गठबन्धन बनाइ मन्त्रिपरिषद् विस्तार गरेका थिए । कांग्रेसले प्रधानमन्त्रीका लागि आफूले दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया