सोमबार, माघ १२, २०८२

उपेन्द्र यादव भन्दा रवि लामिछाने अगाडि, यस्तो छ मन्त्रिपरिषद्को वरीयता

मेरोन्यूज २०८० फागुन २७ गते १३:३२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्रिपरिषद्‌मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री बनेका छन् ।

सरकारमा चार उपप्रधानमन्त्री छन् ।

मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा नेकपा (एमाले)का सचिव समेत रहेका रघुवीर महासेठ छन् । उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुन् ।

तेस्रो वरीयतामा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छन् ।

चौथो वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने छन् । यादवलाई लामिछानेभन्दा तलको वरीयतामा राखिएको छ । यादव मन्त्रिपरिषद्मा पाचौं वरियतामा छन् ।

प्रतिक्रिया