मुआब्जा लिएपछि दमौलीमा घर भत्काउन थालियो

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको सदरमुकाम दमौलीका बासिन्दाले मुआब्जा लिएर घर भत्काउन थालेका छन् । दमौलीमा भत्किने सत्तरी घरमध्ये पचास जनाले पहिलो किस्ता बापतको मुुआब्जा बुझेर घर भत्काउन सुरु गरेका हुन् ।
पहिलो किस्ता लिएकामध्ये तेह्र जनाले आफैँ घर भत्काउन सुरु गरेका छन् । जिल्लाको बन्दीपुर डुम्रेदेखि दमौलीतर्फ सडक विस्तारका कार्य अघि बढाइएपछि सडक मापदण्डमा पर्ने दमौलीका घर भत्काउन थालिएको हो ।
घर भत्काइसकेपछि बाँकी दोस्रो किस्ता बापतको मुआब्जा प्रदान गरिने मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनीयर विष्णु पाण्डेले जानकारी दिए । दमौलीका घरका लागि करिब रु ६ करोड मुुआब्जा वितरण गरिनेछ, उनले भने “वर्तमान सडकको डिजाइनअनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३÷२३ मिटरको हुनेछ ।”
दमौलीका घर बचाउनका लागि मापदण्ड घटाइयो भनेर गलत प्रचार गर्ने कार्य भएको हुँदा सडकको मापदण्ड फेरबदल हुन नसक्ने उनले बताए । पृथ्वीराजमार्ग सडक अन्तर्गत पूर्व–पश्चिम गरी दुई खण्डमा यतिबेला सडक विस्तारका कार्य तीव्र गतिमा भइरहेको छ । हालको भौतिक प्रगति अनुरुप पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७ दशमलव पाँच प्रतिशत रहेको छ ।
उनका अनुसार दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ । राजमार्गको अन्य क्षेत्रमा चार लेनको सडक कायम रहेको छ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ ।
उक्त सडक अन्तर्गत चारलेनको बाह्र किलोमिटर र दुई लेनको आठ किलोमिटर सडक कालोपत्र गरिएको हो । पूर्वी खण्डमा ४१।७ किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।
कोभिडको समयमा निर्माण स्थगित भएपछि नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उनले बताए ।















एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
आज सोमबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चैत २ गते सोमबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया