सेयर बजारमा २२ अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय चार कम्पनीका ७० लाख ४३ हजार चार सय ५७ कित्ता शेयर ५६ हजार सात सय २६ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ बराबरको कारोबार भएको छ ।
जलविद्युत् समूहको उपसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक चार दशमलव २१ र जीवन बीमा समूहको उपसूचक एक दशमलव ८४ प्रतिशतले बढेको छ । बैकिङ समूह शून्य दशमलव ७४, विकास बैंक एक दशमलव ०८, वित्त समूह एक दशमलव ४०, होटल तथा पर्यटन एक दशमलव १२ र लगानी समूह एक दशमलव २६ प्रतिशतले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१, म्युचुअल फण्ड एक दशमलव ०१, निर्जीवन बीमा एक दशमलव ३४, व्यापार शून्य दशमलव ६५ र अन्य समूह शून्य दशमलव २८ प्रतिशतले बढेको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ०६ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ९५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु २२ करोड ९३ लाख २५ हजार छ सय ४३ बराबरको चार लाख ३० हजार एक सय ३१ कित्ता शेयर किनबेच भएको छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया