बुधबार, वैशाख १६, २०८३

सर्लाहीमा लाखौंका अबैध कपडा बरामद

मेरोन्यूज २०८० फागुन २७ गते १७:२१

सर्लाही। सर्लाहीको छुटाछुटै स्थान बाट लाखौं मूल्य बराबरको अबैध कपडा, प्याज, बीडी सहित एउटा पिकअप भ्यान प्रहरीले बरामद गरेको छ।

Advertisement
NiccNicc

जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रहरी टोलीले सनिवार साँझ हरिपूर्वा नगरपालिका  ५ सग्राम्पुरबाट बसतपुर तर्फ जाँदै गरेको  प्रदेश २–०३–००१ च ०६८४ नम्वरको पिकअप भ्यान चेकजाँच गर्दा करिव १२ लाख मूल्य बराबरको बरामद भएको जिल्ला प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताएका छन्।

पिकअप चालक महोत्तरी  बर्दीवास नगरपालिका  ३ का ४२ बर्षिय सन्तोष मगर र सवारी धनी सर्लाही पर्सा गाउँपालिका ६ का ३८ बर्षिय सरोज भण्डारीलाई कपडा , गाडी सहित आवश्यक  कारवाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाएको प्रहरीले जनाएको छ।

त्यस्तै वागमती नगरपालिका ११ स्थित कर्मैयामा मधुबनगोठबाट काठमाडौं तर्फ गइरहेका वागमती प्रदेश ०६–००१ ख ०००३ र ना. ६ ख. ७१०० नम्वरको यात्रुबाहक बसको डिक्कीबाट २२ र ३० बोरा प्याज तथा अनलाईन विल नभएका विडी बरामद भएको प्रवक्ता थारुले बताएका छन।

बरामद प्याज बीडीको एकलाख ७२ हजार मूल्याङकन सहित आवश्यक कारवाहीको लागि मलंगवा भन्सार कार्यालयमा बुझाइएको सर्लाही प्रहरीले जारिगरेको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया