शुक्रबार, वैशाख ४, २०८३

मधेश सरकारमा एमालेले आफ्नो दाबी नछाड्ने

मेरोन्यूज २०८० फागुन २७ गते १७:३८

जनकपुर । नेकपा एमालेले मधेश प्रदेश सरकारमा आफ्नो दाबी पेस गरेको छ । नेकपा एमाले मधेश प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले मधेश सरकारमा आफ्नो दाबी पेस गर्ने निर्णय गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मधेशमा‌‌ नेकपा एमाले सबैभन्दा ठूलो दल भ‌एकाले स्वाभाविक रूपमा मधेश प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले सो निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए ।

उनका अनुसार मधेश र मधेशी जनताको समृद्धि नेकपा एमाले नेतृत्वले मात्रै दिनसक्ने भन्दै त्यसका निम्ति नेकपा एमालेको नेतृत्वमा मधेशमा सरकार बन्नुपर्ने निर्णय गर्दै यसका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए । 

एमालेका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेले कुनै पनि अवस्थामा मधेश प्रदेशमा आफ्नो दाबी छाड्न नहुने भन्दै यसका लागि आफूले पनि केन्द्रीय नेतृत्वसँग जोडदार पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मधेशी जनताको जनमत एमाले नेतृत्वको सरकारका लागि भ‌एकाले गठबन्धनमा आबद्ध दलहरूले पनि जनमतको कदर गर्दै निःशर्त एमालेले‌ नेतृत्व दिनुपर्ने बताउँदै यसमा कसैले विवाद गर्नु नहुने धारणा व्यक्त गरे ।

नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डलको अध्यक्षता बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, मधेश प्रदेश सदस्यहरूको सहभागिता रहेको छ । 

बैठकले मधेश प्रदेशका जनजीविकाको सवालहरूलाई पनि विशेष निर्णय गरेको सचिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया