एमाले बैतडीको अधिवेशन सोमबार

बैतडी । नेपाल कम्युनिष्ट पार्टी औएमालेओको जिल्ला अधिवेशन सोमबारदेखि हुँदैछ । पाटनमा आयोजना हुने नवौँ अधिवेशनका लागि तयारी अन्तिम चरणमा छ ।
अधिवेशनको उद्घाटन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने एमालेका जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिए । अधिवेशनका लागि पार्टीले जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि छनोट गरेको छ । अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ ।
अधिवेशनमा सबै वडाबाट छ सयभन्दा बढी प्रतिनिधि छनोट भएका उहाँनले जानकारी दिनुए । उनका अनुसार ७५ सङ्गठित सदस्य बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएका र दलित सङ्गठित सदस्यबाट ४० बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएका छन् ।
आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका र अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाइएको छ । अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका बताइएको छ । अधिवशेनबाट सर्वसम्मत नेतृत्व चयन हुने एमालेले जनाएको छ ।
पार्टीको नवौँ अधिवेशनमा नेतृत्व लिन नयाँ र पुराना नेता कस्सिएका छन् । अध्यक्षका लागि नरेश विक, हालै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) छाडेर एमालेमा फर्किएका नरेन्द्र विष्ट र पार्टी उपसचिव लोकेन्द्र भण्डारीको नाम चर्चामा छ । निर्वाचन नै हुने स्थिति नआउने नेताहरु बताउँछन् ।
एमालेका निवर्तमान सुदूरपश्चिम अध्यक्ष तथा केन्द्रीय सदस्य दामोदर भण्डारीको गृह जिल्ला बैतडीमा उनको निर्देशन विपरीत नहुने भएका कारण सकेसम्म सहमतिबाटै नेतृत्व टुङ्गिने नेताहरु बताउँछन् ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया