बिहीबार, वैशाख ३, २०८३

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

मेरोन्यूज २०८० फागुन २८ गते ६:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । केन्द्रीय कमिटीको बैठक आज मध्याह्न साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने भएकाे छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालका अनुसार उपनिर्वाचनका लागि दल दर्ता र इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको हो।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको छ ।

प्रतिक्रिया