बुधबार, पुष ३०, २०८२

विदेशी मुद्राको विनिमय दर: सोमबार कुनको कति?

मेरोन्यूज २०८० फागुन २८ गते ९:३०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।

सोमबार एक युरोको खरिददर १४४ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४५ रूपैयाँ २३ पैसा तोकिएको छ । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ ५० पैसाले बढेर एकको खरिददर १६९ रूपैयाँ ९४ पैसा र बिक्रीदर १७० रूपैयाँ ७२ पैसा कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ६० र बिक्रीदर ८७ रूपैयाँ ९९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४९ पैसा कायम गरिएको छ ।

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४६ पैसा कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ७७ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया