मंगलबार, माघ १३, २०८२

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

मेरोन्यूज २०८० फागुन २८ गते १२:३६

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेको छ ।

प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पर्सि ३० गते विश्वासको मत लिने कार्यसूची छ । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया