पुर्व मन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

काठमाडौं। पुर्ब मन्त्री दुर्गा श्रेष्ठ (तनहुँ) राप्रपा नेपालमा प्रवेश गरेकी छिन।श्रेष्ठ तत्कालीन तनहुँ बिकास समितिको सभापति पनि थिईन ।
श्रेष्ठ सहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौंका उपाध्यक्ष जयराम अधिकारी,काठमाडौं महानगर समितिका सह-सचिब सन्तोष रायमाझी,दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, प्रहरी सेवामा रहि अबकास प्राप्त बिजय प्रताप शाह,नेपाली सेनाबाट अबकास प्राप्त कृष्णजङ्ग बहादुर सिंह,ब्यबसायी तथा समाजसेवी शुभाष बिष्ट लगायत दर्जनौ ब्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका हुन् ।
राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यता सहित स्वागत गरेका थिए ।
नब – प्रबेशी दुर्गा श्रेष्ठले कमल थापाको नेतृत्वमा राष्ट्रबादी आन्दोलनलाई उत्कर्षमा पुर्याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू राप्रपा नेपालमा आबद्ध भएको बिचार ब्यक्त गरिन।
पार्टी अध्यक्ष थापाले सक्रियताको आधारमा कामको जिम्मेवारी र भुमिका दिने भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया