सोमबार, वैशाख ७, २०८३

साहित्यकार वञ्चित सम्मानित 

मेरोन्यूज २०८० फागुन २८ गते १९:१२

काठमाडौं। साहित्यकार कृष्ण पनेरु वञ्चित सम्मानित भएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

कैलालीको अत्तरिया निवासी साहित्यकार वञ्चितलाई गोदावरी नगरपालिका-२ तेघरीस्थित श्री जनकल्याण इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा सम्मानित गरेको हो।

पनेरुका आधि दर्जनबढी पुस्तकसमेत प्रकाशित छन्। उनी डोटेली भाषामा पनि साहित्य सिर्जना गर्दै आएका छन्। प्रतिभा पुस्तकालयका पूर्वअध्यक्ष समेत रहेका वञ्चित साहित्यिक संघ-संस्थाको विकासमा समेत उत्तिकै सक्रिय छन्। 

विद्यालयले आफ्नो योगदानको कदर गर्दै सम्मान गरेकोमा यस क्षेत्रमा थप सक्रिय र जिम्मेवार हुन ऊर्जा प्राप्त भएको उनले बताए। आगामी दिनमा पनि यसै क्षेत्रमा रहेर साहित्य क्षेत्रमा सक्रिय रहने पनेरुको भनाइ छ।

प्रतिक्रिया