जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन : मन्त्री भण्डारी

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशनको आज पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताए ।
उनले भने, “राष्ट्रिय चुनौतीलाई एकतामा बदल्न एमाले सफल भएको छ । जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हौँ । जनताको शिर झुक्ने गरी काम गरिने छैन । बैतडी र सिङ्गो सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ ।”
देश निर्माणका लागि अहिलेको गठबन्धन बनेको बताउँदै मन्त्री भण्डारीले चुनौतीलाई अवसरमा बदल्नु आवश्यक रहेको बताए। उनले भने, “देश सङ्कटपूर्ण अवस्थामा छ । सरकारमा रहुञ्जेल यसलाई स्वर्णिम अवसरका रूपमा लिएका छौँ । जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँछौँ ।”
राजनितिक शक्ति सुन्तुलनका आधारमा देशमा परिवर्तन आएको भन्दै मन्त्री भण्डारीले पार्टी ‘मिसन(८४’ मा हिँडेकाले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।


















सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको उम्मेदवारी
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया