बेइमानीको राजनीति धेरै समय टिक्दैन : नेता कोइराला
मेरोन्यूज
२०८० फागुन २८ गते २१:४४

मध्यविन्दु (नवलपरासी) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताए ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा आज आयोजित कार्यक्रममा उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाए । “केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन,” नेता कोइरालाले भने ।
गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउन र पार्टीभित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उनको भनाइ थियो ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया