बिहीबार, माघ १, २०८२

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मेरोन्यूज २०८० फागुन २९ गते ७:४४

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

जस अनुसार राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ।

गएको बिहीबारदेखि अमेरिकी डलरको कारोबार १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसामा कारोबार हुँदै आएको थियो। पाँच दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो।

त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७० रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा निर्धारण भएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २६ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २१ पैसा निर्धारण भएको छ।

आजको लागि बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया