बिहीबार, वैशाख ३, २०८३

राष्ट्रिय सभा अध्यक्षमा शर्मा र दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस

मेरोन्यूज २०८० फागुन २९ गते १२:३४

काठमाडौं। राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मा र नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ । 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेसको तर्फबाट शर्मालाई र माओवादीको तर्फबाट दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरिएकाे हाे ।

राष्ट्रिय सभा बैठकमा कांग्रेसका आनन्दप्रसाद ढुंगानाले र सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले प्रस्ताव पेस गरेका हुन् ।

राष्ट्रिय सभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन्  भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन छ।
 

प्रतिक्रिया