स्रोत साधनको अधिकतम उपयोगमा विशेष ध्यान दिन्छु : मन्त्री भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशमा रहेका स्रोत साधनको अधिकतम उपयोग गर्ने कुरामा आफ्नो विशेष ध्यान जाने बताए ।
प्रेस चौतारी नेपाल, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उनले उद्योग तथा खानीसँग सम्बन्धित स्रोत साधनको अधिकतम उपयोगमा विशेष ध्यान जाने बताए ।
सुदूरपश्चिममा सुक्खा बन्दरगाह प्राथमिकताका साथ निर्माण गर्ने उहाँको प्रतिबद्धता छ । त्यस्तै छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाउन दु्रत गतिमा काम गरिने मन्त्री भण्डारीको भनाइ छ ।
आफ्नो यो कार्यकाललाई एउटा विशेष अवसरको रुपमा लिएको बताउँदै उनले यहाँका उद्योग व्यवसाय आपूर्तिसँग जोडिएका सुदूरपश्चिमका थुप्रै सम्भावनालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।
लगानी सम्मेलनमार्फत अहिले लगानीमैत्री वातावरण किन बन्न सकेन त्यसको एथेष्ट मात्रामा खोजी गरिने उनको भनाइ थियो । उनले बाह्य लगानी भित्र्याउन कानुन तथा नीतिमा रहेका अस्पष्टतालाई हटाएर स्पष्ट नीति तथा कानुन निर्माण गरिने उल्लेख गरे ।


















सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल
सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काको उम्मेदवारी
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया