प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।
प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये प्रधानमन्त्री प्रचण्डकाे विश्वासको पक्षमा १५७ मत प्राप्त गरेका छन् भने उनको विपक्षमा ११० मत परेको छ । यस्तै मत दिन्न भन्नेमा एक मत परेको छ ।
नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी, नेकपा(एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसद एवं स्वतन्त्र सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका छन् ।
नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए ।
विश्वासको मतको प्रास्ताव गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशमा देखिएका समस्या समाधान गर्नका लागि विश्वासको मत दिन आग्रह गरेका थिए । सो अवसरमा उनले देशको जनताको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया