प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।
प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये प्रधानमन्त्री प्रचण्डकाे विश्वासको पक्षमा १५७ मत प्राप्त गरेका छन् भने उनको विपक्षमा ११० मत परेको छ । यस्तै मत दिन्न भन्नेमा एक मत परेको छ ।
नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी, नेकपा(एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसद एवं स्वतन्त्र सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका छन् ।
नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए ।
विश्वासको मतको प्रास्ताव गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशमा देखिएका समस्या समाधान गर्नका लागि विश्वासको मत दिन आग्रह गरेका थिए । सो अवसरमा उनले देशको जनताको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया