इलाममा सुन्तला उत्पादन घट्यो

फिक्कल। इलाममा यसवर्ष सुन्तालन उत्पादन घटेको छ। गत वर्षको तुलनामा चार मेट्रिकटन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दुई हजार सात सय ४० मेट्रिकटन सुन्तला उत्पादन भएको छ। गत वर्ष दुई हजार सात सय ४४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। विभिन्न अज्ञात रोगका सङ्क्रमणका कारण सुन्तलाखेती हुने क्षेत्र घटेको हो।
गतवर्ष दुईसय ८० हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएकामा यस वर्ष दुईसय ७८ दशमलव पाँच हेक्टर क्षेत्रमा मात्र सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रुपमा सुन्तलालाई लिने गरिन्छ। सुन्तलाको फूल खेल्ने र बटिला लाग्ने समयमा बेमौसमी वर्षा, असिनापानी र रोगकीराको समस्याका कारण सुन्तला उत्पादन घटेको रोङ गाउँपालिका(६ सलकपुरका किसान यामप्रसाद अधिकारीले बताए।
गत वर्ष दुई लाख ५० हजार रूपैयाँको सुन्तला बेचेकामा यस वर्ष एक लाख रूपैयाँ बराबरको मात्र उत्पादन भएको उनले बताए। ुविगतका वर्षहरुमा बर्सेनि सुन्तला बिक्रीबाट दुई लाखदेखि दुई लाख ५० हजार रूपैयाँसम्म कमाइ हुन्थ्यो तर यस वर्ष रोगका कारण सुन्तला नै कम फल्योु, उनले भने, ‘सुन्तला कम फलेकाले आम्दानी पनि घट्यो।’
सुन्तलाको बोटबाट फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने र बिस्तारै जरा कुहिएर बोट नै मर्ने, फल पाक्ने बेलामा कीराको सङ्क्रमणबाट औसा परेर झर्ने समस्या देखिएपछि उत्पादनमा कमी आएको उनले बताए बोट मर्ने तथा फलेको बोटमा समेत पाक्ने बेलामा दाना झर्ने समस्या सुन्तलाखेतीमा केही वर्षयता मुख्य चुनौतीका रुपमा देखिएको अर्का किसान देवराज खनालले बताए। ुमेरो बगैँचामा सुरुमा ६० भन्दा माथि सुन्तलाका बोट थिए, रोगको सङ्क्रमणले अहिले बगानै नै सखाप बनायोु, उनले भने।
सुन्तलाका बिरुवा रोपेको पाँचदेखि सात वर्षभित्रमा फल दिन सुरु हुन्छ। वयस्क सुन्तलाको बोटले करिब एक सय किलोसम्म उत्पादन दिने गरेको इलाम नगरपालिका-५ बरबोटेका किसान सामवेद चापागाईँले बताए। सुन्तला किन्न व्यापारी बगैँचामा नै पुग्ने गरेकाले बिक्रीका लागि भने कुनै समस्या नरहेको उनको अनुभव छ। कात्तिकको अन्तिम सातादेखि खान थालेको सुन्तला फागुनको पहिलो सातासम्म रहन्छ।
सुन्तला उत्पादन बढाउन तीनै तहका सरकारले वास्तविक किसान पहिचान गरेर विशेष अनुदान र सहुलियतमा ऋण कर्जा उपलब्ध गराउनुपर्ने इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौडेलले बताए। गाउँका किसान समृद्ध भए मात्र देश समृद्ध हुने भएकाले किसानलाई समृद्ध बनाउन लाग्नुपर्ने उनको भनाइ छ।
मुख्यगरी इलामको रोङ गाउँपालिकाको सलकपुर, माईजोगमाई गाउँपालिकाको नामसालिङ, सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर तथा इलाम नगरपालिकाको सुम्बेक, बरबोटे, सोयाक र गोदक क्षेत्रमा व्यावसायिकरुपमा सुन्तला खेती गरिँदै आएको छ। इलाममा उत्पादित सुन्तला झापाको चारआली, विर्तामोड, दमक तथा भारतको मिरिक, दार्जिलिड, सिलीगुडीलगायत विभिन्न क्षेत्रमा समेत निकासी हुने गरेको छ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया