सोमबार, माघ १२, २०८२

तीन प्रदेश प्रमुख पदमुक्त

मेरोन्यूज २०८० फागुन ३० गते १६:५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन् ।

मन्त्रिपरिषदको फागुन २८ गते बसेको बैठकले मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही सिफारिस अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम तीन प्रदेश प्रमुखलाई राष्ट्रपतिले पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया