रोल्पाको सुनखानी उत्खनन गर्न माग
मेरोन्यूज
२०८० चैत २ गते १३:२४

काठमाडौं । प्रतिनिधिसभा बैठकमा रोल्पाको सुनखानी उत्खनन गर्न माग गरिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेकी सांसद ईश्वरी घर्तीले रोल्पाको सुनखानी उत्खनन गर्न सरकारलाई आग्रह गरेकी हुन् ।
‘धेरै मान्छेले भन्छन्– रोल्पामा सुनखानी छ रे, हो ? मैले भन्ने गर्छु– हो, रोल्पामा सुनखानी छ । दुईवटा सुनखानी दर्ता भएका छन् । पहिला रोल्पालीहरूले त्यहीँको सुन चालेर प्रयोग गर्थे,’ उनले भनिन्, ‘सरकारले त्यसको उत्खनन नगर्दा ती सुनखानीहरू अलपत्रजस्तै छन् । त्यसैले सुनछहरी, गामखोला, थगामखोलामा रहेका सुनखानी राज्यले तत्काल उत्खननको प्रक्रिया अगाडि बढाओस् ।’
सम्बन्धित


















कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया