वित्तीय संस्थाले ऋणीको उठीवास गराए : सांसद अनिशा

काठमाडौं। राप्रपाकी सांसद अनिशा नेपालीले बैंक तथा वित्तीय संस्थाले ऋणीको उठीवास गराएको आरोप लगाएकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले बैंक तथा वित्तीय संस्थाले जथाभावी लगानी गरेर ऋणीको उठीवास गराएको आरोप लगाएकी हुन् ।
बैंकहरूले ऋणीलाई दुःख दिएको भन्दै उनले भनिन्, ‘बैंक तथा वित्तीय संस्थाले जथाभावी रूपमा लगानी गरेर ऋणीलाई उठीवास लगाएको सर्वविवितै छ । साँवा र ब्याज फिर्ता पाऊँ भनी यसको विरुद्ध पीडितहरूले आन्दोलन पनि गरिरहेका छन् । एकातिर कुनै व्यक्तिले नक्कली तमसुक गरी ऋण दिएमा १० प्रतिशत ब्याज असुल गर्न पाउने भन्ने कानुनी व्यवस्था छ, तर अर्काेतर्फ सबै बैंकले ऋण लगानी गरेबापत चर्काे ब्याज असुल मात्र गरेका छैनन्, सेवा शुल्क भनेर रकम असुल गर्ने र ब्याजलाई साँवामा परिणत गरेर जथाभावी ब्याजमाथि ब्याज लगाउने अपराधी काम गरिरहेका छन् ।’


















कांग्रेसले बोलायो अनुशासन समिति बैठक
शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च
बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया