बुधबार, फागुन ६, २०८२

नेपाली लेखक सङ्घ कोशीको अध्यक्षमा अधिकारी

मेरोन्यूज २०८० चैत ३ गते ११:३८

विराटनगर । साहित्यकार गोकुल अधिकारी (मोरङ) को अध्यक्षतामा शुक्रबार नेपाली लेखक सङ्घ कोशी प्रदेश समिति गठन भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सङ्घको उपाध्यक्षमा समदर्शी काइँला (पाँचथर र लता खरेल (झापा), महासचिवमा मीनकुमार नवोदित (मोरङ), सचिवमा वासुदेव उपाध्याय पोखरेल (उदयपुर) र कोषाध्यक्षमा लक्ष्मी रायमाझी (मोरङ) चयन भएका छन् ।

सङ्घका केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठको उपस्थितिमा भएको अधिवेशनले कृष्ण अधिकारी (सुनसरी), मिलनकुमार ढुङ्गाना (झापा), पूजा बहार (सुनसरी), मनु विश्वकर्मा (धनकुटा), डा भेषराज खनाल (ओखलढुङ्गा), केजी सुब्बा (धनकुटा) र फणिराज नेपाल (सङ्खुवासभा)लाई सदस्यमा चयन गरिएको निर्वाचन समितिका संयोजक प्राध्यापक कविराज न्यौपानेले जानकारी दिए ।

अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठ, सहअध्यक्ष रत्नमणि नेपाल, महासचिव मनोज न्यौपाने, प्रदेश अधिवेशन आयोजक समितिका संयोजक प्राज्ञ विवश पोखरेल, निर्वाचन समितिका सदस्य डा विमला श्रेष्ठ, प्राध्यापक गङ्गाधर कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विसं २००८ मा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारको अग्रसरतामा सो सङ्घ स्थापित भएको हो ।

प्रतिक्रिया