शुक्रबार, पुष ४, २०८२

कर्णाली पुल आजदेखि एकतर्फी सञ्चालन

मेरोन्यूज २०८० चैत ५ गते १२:४९

कैलाली । चिसापानीस्थित कर्णाली पुलमा एकतर्फी बाटो सञ्चालन भएको छ।

कर्णाली पुलमा सोमबार बिहानदेखि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।

गत फागुन २८ गते लाइटर बोकेको ट्रकमा आगलागी हुँदा पुलको बायाँतर्फको केबल तथा डेक र स्ल्याबमा क्षति पुगेको थियो।

सडक विभाग र पुल महाशाखाको टोलीले संयुक्त रूपमा पुलको निरीक्षण गर्दै मर्मतसम्भार गरेपछि आज बिहानबाट एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया