टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक डेटा चलाउन सकिने

काठमाडौँ । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रूपमा मोबाइल डेटा प्रयोग गर्न सकिने भएको छ।
नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटिटिएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसै अनुसारको मोबाइल डेटा उपलब्ध हुन्छ।
टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेजमध्ये वार्षिक एफटिटिएच कम्बो प्याकेज र एफटिटिएच डेटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरूले यो सुविधा उपयोग गर्न सक्छन्।
वार्षिक एफटिटिएच कम्बो प्याकेजअन्तर्गत ५० एमबिपिएस र १०० एमबिपिएस डेटाका साथै १ एनटिटिभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रूपमा आफ्नो मोबाइलमा क्रमशः ६०० एमबी र ८०० एमबी डेटा प्रयोग गर्न सक्नेछन्।
एफटिटिएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसै अनुसार मोबाइलमा समेत डेटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीको भनाइ छ।
यस अनुसार ५० एमबिपिएस, ७५ एमबिपिएस र १०० एमबिपिएस डेटा प्रयोगकर्ताले दैनिक रूपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डेटा प्रयोग गर्न सक्नेछन् भने १५० एमबिपिएस र २०० एमबिपिएस डेटा प्रयोगकर्ताले दैनिक रूपमा क्रमशः ९०० एमबी र १००० एमबी डेटा प्रयोग गर्न सक्छन्।
आफ्नो आवश्यकता अनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन, टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डेटा समेत चलाउन सकिने भएकाले टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको छ।
एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरूले १९८ मा डायल गरी प्राप्त सन्देशपछि फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ। त्यसपछि कम्पनीका प्रतिनिधिले आवश्यक जानकारी दिने व्यवस्था गरिएको कम्पनीले बताएको छ।
नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न दरको एनटी फाइबर सेवा बारेमा लिंक मार्फत जानकारी लिन सकिन्छ।
त्यसैगरी ‘नेपाल टेलिकम एप प्रयोग गरेर पनि एनटी फाइबर र कम्पनीका अन्य विभिन्न सेवाका बारेमा जानकारी लिन सकिने कम्पनीको भनाइ छ।













इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
प्रतिक्रिया