काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी
मेरोन्यूज
२०८० चैत ७ गते १६:१७

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी गर्दै मातहतका निकायलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी लिनेगरी योजना बनाउन लागेको छ ।
“आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्षको वैशाख १० गतेभित्रै खुला हुन्छ,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, “सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ ।”
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबीसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ।
त्यहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवम् गृहमन्त्रीको सचिवालयले जनाएको छ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया