बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक (भिडियाे)
काठमाडौं। फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा यता न उता’ सार्वजनिक गरिएको छ ।
केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को उक्त गीतमा स्वीअरिती र निहारिकाको स्वर रहेको छ । जसमा सुलक्षण भारतीको शब्द सृजना र मनिष निरौलाको संगीत छ ।
सो गीतको भिडियोमा केकी र भारती फिचर्ड छन् । सोसल–थ्रिलर जनरामा निर्माण भएको सो फिल्ममा बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसाको कथा समेटिएको छ ।
केकी स्वयं शीर्ष भूमिकामा देखिएको बोक्सीको घरमा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला र सविन बास्तोलाको अभिनय छ ।
भारतीको लेखन तथा निर्देशन रहेको सो फिल्मको निर्मातामा बद्री अधिकारी छन् । कार्यकारी निर्माता राज घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड स्कोर रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । सो फिल्म आगामी १४ वैशाखमा रिलिज मिति तोकिएको छ ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया