चौमाला प्रहरी प्रमुखमाथि कुटपिट

धनगढी । कैलालीको चौमाला प्रहरीका प्रमुखमाथि कुटपिट भएको छ। बिहिवार इलाका प्रहरी कार्यालय, चौमालाका इन्चार्ज वरिष्ठ सइ नेत्रबहादुर कठायतमाथि कुटपिट भएको हो।
चोरीको स्कुटरको विषयमा स्थानीय युवा र प्रहरी बिचमा विवाद भएको थियो। चोरीको स्कुटर भगाएको भन्दै प्रहरी इन्चार्ज कठायतलाई स्थानीय युवाहरूको समूहले एक पसल अगाडी कुटपिट गरेका हुन्। तर, जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले चोरीको स्कुटरको विषयमा सामान्य विवाद भएको बताएका छन्। यता, इन्चार्ज कठायतले प्रयोग गर्ने ९८५८४९०३११ नम्बरकाे फाेन उठिरहेको छैन।
प्रहरीले चोरीको स्कुटर फेला पारेपनि भगाएको भन्दै स्थानीय युवाहरूले प्रहरीसँग झगडा गरेका हुन्। स्कुटरको अगाडि र पछाडिको नम्बर फरक हुँदा पनि महिला सवार चोरीको स्कुटर प्रहरीले छोडेको आरोप स्थानीय युवाहरूको छ। तर, प्रहरीले मान्छे नचिनेकाले घटना भएको जिकिर गरेको छ। प्रहरीले घटना लुकाउन खोजेको एक स्थानीयले बताएका छन्। घटना राजनीतिक रूपमा मिलाउने प्रयास हुँदैछ।
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया