चौमाला प्रहरी प्रमुखमाथि कुटपिट

धनगढी । कैलालीको चौमाला प्रहरीका प्रमुखमाथि कुटपिट भएको छ। बिहिवार इलाका प्रहरी कार्यालय, चौमालाका इन्चार्ज वरिष्ठ सइ नेत्रबहादुर कठायतमाथि कुटपिट भएको हो।
चोरीको स्कुटरको विषयमा स्थानीय युवा र प्रहरी बिचमा विवाद भएको थियो। चोरीको स्कुटर भगाएको भन्दै प्रहरी इन्चार्ज कठायतलाई स्थानीय युवाहरूको समूहले एक पसल अगाडी कुटपिट गरेका हुन्। तर, जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले चोरीको स्कुटरको विषयमा सामान्य विवाद भएको बताएका छन्। यता, इन्चार्ज कठायतले प्रयोग गर्ने ९८५८४९०३११ नम्बरकाे फाेन उठिरहेको छैन।
प्रहरीले चोरीको स्कुटर फेला पारेपनि भगाएको भन्दै स्थानीय युवाहरूले प्रहरीसँग झगडा गरेका हुन्। स्कुटरको अगाडि र पछाडिको नम्बर फरक हुँदा पनि महिला सवार चोरीको स्कुटर प्रहरीले छोडेको आरोप स्थानीय युवाहरूको छ। तर, प्रहरीले मान्छे नचिनेकाले घटना भएको जिकिर गरेको छ। प्रहरीले घटना लुकाउन खोजेको एक स्थानीयले बताएका छन्। घटना राजनीतिक रूपमा मिलाउने प्रयास हुँदैछ।
















राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट जंगली, झाक्री र केसी विजयी
राष्ट्रियसभामा सुदूरपश्चिमबाट लीला र खम्मबहादुर निर्वाचित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया