मधेस प्रदेशको मन्त्रिमण्डल विस्तार, एमालेबाट ३ मन्त्रीले लिए शपथ
मेरोन्यूज
२०८० चैत १० गते १७:०५

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका हुन् । मुख्यमन्त्री यादवले शनिबार नेकपा एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् ।
एमालेका राजकुमार लेखीले गृह, सञ्चार तथा कानून, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री र एमालेमा प्रवेश गरेका प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका हुन् ।
यस्तै, केशव रायले स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीको रुपमा शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।
योसँगै मधेस प्रदेशको मन्त्रिपरिषद ११ मन्त्री र तीन राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ ।

सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया