दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
मेरोन्यूज
२०८० चैत ११ गते ६:२५

तुलसीपुर (दाङ) । दाङको राजपुर गाउँपालिका–५ जंग्रहवा र नौसहराबीचको कोरियाखोलामा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
शनिबार साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
सो दुर्घटनामा राजपुर गाउँपालिका–५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। उनीहरु मोटरसाइकमा सवार थिए।
मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
सम्बन्धित













युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
सानिमा रिलायन्सद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
सडक मर्मतमा ढिलाइ गरे पेनाल्टी तिराउँछाैं : मन्त्री घिसिङ
कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया