परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन भ्रमणमा जाँदै
मेरोन्यूज
२०८० चैत ११ गते ९:०२

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज एक साता लामो चीन जाँदैछ ।
उनी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन्।
मन्त्री श्रेष्ठ मंगलबार राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।
एक साता लामो भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेश मन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन्।
साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उनी चैत १९ गते स्वदेश फर्किनेछन्।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया