चितवनमा एक लाख ९३ हजार बालबालिकाले लगाए दादुरा–रुवेला खोप

चितवन । जिल्लाका एक लाख ९३ हजार तीन सय ७४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन् ।
जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार केन्द्रले जिल्लामा रहेका १ लाख ६० हजार ४९४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य दिईएको थियो । उनका अनुसार केन्द्रको लक्ष्यभन्दा २० दशमलब ५ प्रतिशत बढी बालबालिकाले खोप लगाएका हुन । गत फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालित खोप अभिायनका क्रममा जिल्लाका सात पालिकामा नौ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइएको थियो ।
उनका अनुसार छ सय ४६ खोप केन्द्रबाट उनीहरुलाई खोप दिइएको हो । अभियानकै क्रममा नियमित खोप छुटेका २ सय हाराहारी बालबालिकालाई छुट खोप दिइएको छ । अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वंयसेवक परिचालन गरिएको थियो ।
अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गरिएको थियो । जिल्लामा विसं २०७९ मङ्सिर ३ गतेदेखि २०८० पुस १५ गतेसम्म ५२ जनामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको थियो ।















स्पेनमा २ रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु
PM Karki extends best wishes on Sonam Lhosar
मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया