उपप्रधान एवम् गृहमन्त्री लामिछाने र राजदूत गोदरबीच भेट

काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज गृह मन्त्रालयमा भएको भेटवार्तामा राजदूत हनान गोदरले गृहमन्त्री नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरेको लामिछानेको सचिवालयले जनाएको छ । उनिहरुबीच नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, विपिन जोशीको सुरक्षित नेपाल फिर्तालगायतका विविध विषयमा छलफल भएको थियो ।
जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको बताउँदै राजदूत गोदरले उनीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारका तर्फबाट राहत स्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए ।
गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे । राजदूतले त्यहाँको अवस्थाको मूल्याङ्कनका आधारमा परिवारको पुनःमिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने कुरा व्यक्त गरे ।
उनिहरुबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल–इजरायलको सम्बन्ध विस्तार एवं सुदृढीकरणका लागि थप सहकार्यबारे पनि छलफल भएको थियो ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया