सेयर बजारमा दोहोरो अंकको गिरावट, काराेबार रकम दुई अर्ब

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेर दुई हजार ३० दशमलव ८६ को विन्दुमा कायम भएको हो ।
आज तीन सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर ४४ हजार दुई सय ४९ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार पाँच सय ३४ बराबरको कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ७२ र व्यापार समूह एक दशमलव ६० प्रतिशतले घटेको छ ।
आजको कारोबारमा सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू नौ करोड ७२ लाख २२ हजार तीन सय २० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३० हजार एक सय ८२ बराबरको कारोबार भएको छ ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रतिक्रिया