शुक्रबार, चैत २७, २०८२

एमाले कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित

मेरोन्यूज २०८० चैत १४ गते १८:२२

पोखरा । नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन् । निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समुहका हुन् । 

Advertisement
nepal life insurencenepal life insurence

क्षेत्रीले ५५१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी माधव बास्तोलाले ३४९ मत ल्याए । बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार थिए ।

जिल्लाको पदाधिकारीमा पनि एमाले नेता अधिकारी समुहले जित हासिल गरेको छ । कास्कीमा अधिकारी र गुरुङ समुहले प्यानलनै बनाएर चुनाव लडेको थियो ।  

एमाले कास्कीको नेतृत्व चयन गर्न ९३५ मतदातामध्ये ९१४ ले मतदान गरेका थिए ।

प्रतिक्रिया