मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ : उपमहासचिव पोख्रेल

अत्तरिया (कैलाली) । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोख्रेलले मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
माक्र्सवादी अध्ययन फाउण्डेसनले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘कला, साहित्य र संस्कृतिको प्रभाव र महत्व’सम्बन्धी प्रदेशस्तरीय खुला साहित्यिक बहस कार्यक्रममा उपमहासचिव पोख्रेलले अन्धविश्वास र परम्परागत कुराले समाजको विकास नहुने बताए।
“हामीले हाम्रो कला, साहित्य र संस्कृतिलाई रक्षा गर्नुपर्नेछ । कुन कलासंस्कृतिलाई रक्षा गर्ने भन्ने पनि हेर्नुपर्नेछ”, उनले भने, “समाज अगाडि बढाउन उत्प्रेरित गर्ने साहित्य जीवनशील साहित्य हो । त्यस्ता कला संस्कृतिको जगेर्ना गर्न आवश्यक छ ।”
उपमहासचिव पोख्रेलले भने, “जुन कला, साहित्य, संस्कृति अहिलेको युग सापेक्ष हुँदैन । वैज्ञानिक हुँदैन । आर्थिकरुपले धान्न नसक्ने हुन्छ । त्यो कला, साहित्य मर्छ । साहित्य, कला, संस्कृति समयानुकूल हुनुपर्छ । अबको साहित्य सिर्जना प्रविधिअनुसार अगाडि बढ्नुपर्छ ।” उनले समाजमा व्याप्त छाउपडी, छुवाछूतजस्ता विभेदलाई भत्काउन आवश्यक रहेको पनि बताए ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार लोकेन्द्रप्रसाद जोशीले ‘सुदूरपश्चिम र हाम्रो संस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए,भने माक्र्सवादी अध्ययन फाउण्डेसनका अध्यक्ष केशवनाथ योगीले कला, साहित्यको प्रभाव र महत्वसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी साहित्यकारहरुले कार्यपत्रमाथि आ–आफ्नो धारणा राखेका थिए ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया