बिहीबार, चैत २६, २०८२

संवैधानिक परिषदको बैठक बालुवाटारमा सुरु

मेरोन्यूज २०८० चैत १८ गते ९:२६

काठमाडौं । आज संवैधानिक परिषद्को बैठक सुरु भएको छ।  बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  जारी छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैठक बिहान ९ बजेबाट सुरु भएकाे हाे । बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नसक्ने सम्भावना रहेको बताइएको छ ।

संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिवार साँझ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर भेट वार्ता गरेका थिए ।

प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ ।

प्रतिक्रिया