गीत–सङ्गीतको संरक्षणमा रेडियो नेपालको भूमिका महत्वपूर्ण छ : सचिव सुवेदी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समिति, रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले नेपाली गीत–सङ्गीतको संरक्षण, सम्बद्र्धन र विस्तारमा रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको बताए ।
रेडियो नेपालको ७४औँ वार्षिकोत्सवको अवसरमा सिंहदरबारस्थित रेडियो नेपालको परिसरमा आज आयोजित राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता कार्यक्रममा सचिव सुवेदीले गीत सङ्गीत राष्ट्रको निधि, व्यक्तिको भावनालाई प्रतिविम्वित गर्ने साधन र समाजको पहिचान गर्ने माध्यम भएकाले गीत–सङ्गीतले रेडियो प्रसारणलाई श्रुति मधुर बनाउने बताए । राष्ट्रव्यापी आधुनिक सङ्गीत प्रतियोगिताले नेपाली संस्कृति र परम्पराको निरन्तरताका साथै समसामयिक विषयवस्तुलाई उठान गर्न सक्षम हुने उनले विश्वास व्यक्त गरे ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले नेपाली गीत–सङ्गीतको श्रीवृद्धिका लागि रेडियो नेपालले सबै राष्ट्रभाषाका गीत–सङ्गीतको रेकर्डिङ, स्वर परीक्षा लिने, श्रेणी निर्धारण, सङ्गीत प्रशिक्षण गर्नुका साथै पुराना गीत र श्रव्य सामग्रीको ‘डिजिटलाइजेशन’ गरेको बताए । सङ्घीयताको मर्म बमोजिम रेडियो नेपालले सातवटै प्रदेशबाट स्थानीय गीत सङ्गीतका कार्यक्रमलाई प्राथमिकता दिएको र प्रसारित कार्यक्रम, पुराना र नयाँ गीत र भजन सहजै सुन्न सकिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
कार्यकारी निर्देशक केसीले समाचार र कार्यक्रमका साथै समयानुकूलको प्रविधि र सार्वजनिक प्रसारतर्फ उन्मूख नीतिले आगामी दिनमा रेडियो नेपाल अझ सबल र गीत–सङ्गीतको यात्रामा अब्बल हुने विश्वास व्यक्त गरे ।
रेडियो नेपालको ७४औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगितामा देशभरिका प्रतियोगीबाट छनोट भएका २१ समूहको सहभागिता रहेको छ । रेडियो नेपालले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा शास्त्रीय सङ्गीत सम्मेलन र आधुनिक सङ्गीत प्रतियोगिता आयोजना गर्दै आएको छ ।
















पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया