विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा, को कहाँ ?

काठमाडौं। सरकारले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय तथा प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रदेश प्रमुख सचिवहरूको सरुवा गरेको हो ।
सरुवा सुची अनुसार बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भई आएका छन् । वित्त आयोगका सचिव कृष्ण बहादुर राउत उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय(उद्योग)मा गएका छन् भने त्यहाँका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ ।
यसैगरी मधेस प्रदेशका प्रमुख सचिव दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूति मन्त्रालय (वाणिज्य) सचिवमा सरुवा भई आएका छन् भने त्यहाँका सचिव नारायण प्रसाद शर्मा दुवाडी निर्वाचन आयोगमा सरुवा भएका छन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा ऊर्जा आयोगमा सरुवा हुँदा त्यहाँका सचिव गोपाल प्रसाद सिग्देल शर्माको ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडी सिँचाइमा लगिएको छ । त्यहाँ कार्यरत सुशील चन्द्र तिवारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाइएको छ ।
यसैगरी उपराष्ट्रपतिको कार्यालयका सचिव मधुसूदन बुर्लाकोटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा सरुवा भएका छन् । यसअघि सरुवा हुने सूचिमा रहेका अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करको भने आज सरुवा भएन । उनि अर्थ मन्त्रालयमै पद थमौति गर्न शक्तिकेन्द्र धाइरहेको स्रोतले जनायो ।
अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूले पत्र बुझिरहेका छन् ।










एमाले सचिवमा सर्वाधिक मतसहित महेश बस्नेत निर्वाचित, अरु काे-काे भए ? (सूचीसहित)
उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी
एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
तेस्रोपटक अध्यक्ष बन्न ओलीले दर्ता गरे उम्मेदवारी
प्रतिक्रिया